मोरङको रङ्गेलीमा दायाहाङ राईको फिल्म रङ्गेली छायांकन हुदैँ

दिपेश राेका , २६८  पटक हेरिएको

काठमाडौ,३० श्रावण । मोरङको रङ्गेलीमा नायक दायाहाङ राइ र अभिनेत्री मिरुना मगरको रङ्गेलीमा फिल्म छायांकन हुने भएको छ । दयाहाङ राई र अभिनेत्री मिरुना मगरको शिर्ष भूमिकामा रहेको चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिवर्तन भएको छ।

सोमबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको नाम ‘रङ्गेली’ शिर्षकमा राखेको छ । आगामी महाशिवरात्रीको अवसर पारेर फागुन २५ गते प्रदर्शनमा आउने भएको छ। अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा दया र मिरुनाको साथमा अर्पण थापा, प्रविण खतिवडाको पनि अभिनय अभिनय रहनेछ । मोरङ जिल्लाको रङ्गेलीमा सम्पूर्ण छायांकन हुने चलचित्र भदौ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा रहेको छ।

चलचित्रको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ रहेका छन् ।

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १४:२८:१६ , ९ महिना अगाडि