अभिषेक पौडेल , २५६ पटक हेरिएको
लेटाङ, २७ साउन । वडा कार्यालय द्वारा गरिएको घुम्ती सेवा द्वारा सय बढी सेवा ग्राही लाभान्वित भएका छन । लेटाङ नगरपालिका वडा नं. ३ ले घुम्ती सेवा सन्चालन गरि १ सय ७ जना सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहिको कार्ड नवीकरण गरेको छ । १५० भन्द बढिको स्वास्थ्य परिक्षण समेत गरिएको छ ।
लेटाङ ३ किर्तिमानमा घुम्ती सेवाको आयोजना गरि सामाजिक सुरक्षा भत्ता कार्डको नबिकरण गरेपछी स्थानियले खुसी ब्यक्त गरेका छन । उनिहरुले वडा कार्यालय सम्म ट्याप्पोमा जादाँ आउदा १ हजार जति खर्च हुने तथा टाढा सम्म जान समस्या हुने गरेकोमा यसरी घुम्ती सेव द्वारा नवीकरण हुने भएर सेवा ग्राहिलाई राहत मिलेको हो ।
शिबिरमा स्वास्थ्य परिक्षण गरि औषधि समेत बितरण गरिएको थियो ।
वडा कार्यालय आउन अपायक स्थानमा घुम्ती शिबिर संचालन गरि सेवा प्रदान गरिएको ३ नं. वडा अध्यक्ष डम्बर राईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०८-१२ , समय : २०:५२:५६ , १ वर्ष अगाडि