अभिषेक पौडेल , ३३० पटक हेरिएको

लेटाङ, २७ साउन । लामखुट्टेले टोकेर लाग्ने रोगहरु बाट बच्नका लागि भन्दै फ्रेन्डस् व्हीथ राईस फाउन्डेसन नेदरलेन्डको सहयोगमा झुल तथा लामखुट्टे भगाउने मलम बितरण गरिएको छ ।
२३ गते लेटाङ ८ नं. वडामा ११० थान झुल र ओडोमस मल्हम बितरण गरेको संस्थाले आज लेटाङ ९ का ४५ परिबारलाई ४५ थान झुल तथा मल्हम बितरण गरेको संस्थाका नेपाल प्रतिनिधि गिरिस कार्की (जुलु ) जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय लेटाङलाई समेत ३१ थान झुल तथा ओडोमस प्रदान गरिएको छ ।
मिलन युवा समूह लेटाङको सहजीकरणमा गरिएको झुल बितरण लेटाङका जोखिम युक्त सबै क्षेत्रमा बितरण गरिने समेत कार्किले जानकारी दिनुभयो ।
लामखुट्टेको टोकाई बाट बच्ने मुख्य उपाय भनेको झुल लगाएर सुत्नु नै हो । यसका अलाबा झुलको प्रयोग गरेर सुत्ने, पूरा बाउला भएको लुगा लगाउने , लामखुट्टेको टोकाई बाट बच्नका लागि ओडोमस जस्ता मलम लगाउने गर्नु पर्छ ।
साथै घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, टायर, गमलामा पानी जन्म नदिने गर्नाले समेत लामखुट्टे नियन्त्रण हुने गरेको छ । झुल बितरण कार्यक्रममा यी बिसयमा समेत सचेत गराईएको कार्किले जानकारी दिनुभयो ।
लेटाङमा मिलन युवाको सहकार्यमा संस्थाले गत बर्ष समेत झुल बितरण गरेको थियो ।
प्रकाशित मिति: २०२३-०८-१२ , समय : २०:४८:५६ , २ वर्ष अगाडि