माओवादी केन्द्रले गर्यो सरसफाइ

ईनेपालपत्र समाचारदाता , ४०४  पटक हेरिएको

दिपेश सार्की

कानेपोखरी , २१ साउन । मोरङको कानेपोखरी गाउँपालिका स्थित ऐतिहासिक स्थल पोखरी र छधारे आर्यघाट सरसफाइ गरिएको छ ।   माओवादी केन्द्र पार्टिको कानेपोखरीको आयोजनामा सरसफाई गरिएको हो ।

जनता संग माओवादी भन्न्ने नाराका साथ सरसफाइ कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा कार्कीले बताउनु भयो ।

ऐतिहासिक स्थल पोखरीमा अत्याधिक धेरै नै फोहोर भएको तथा मदिराजन्य पदार्थ भएको कारण फोहोरले पोखरी नराम्रो देखिएको थियो ।

फोहोर मैलाको कारण बाताबरणमा पनि नकारात्मक असर पर्ने भएको कारण सरसफाइ कार्यक्रमको आयोजना गरेको माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष कार्कीले बताउनु भयो

प्रकाशित मिति: २०२३-०८-०६ , समय : ०७:२२:०४ , १ वर्ष अगाडि