बजारमा बिजुलि बत्तीको व्यवस्थापन नहुदा व्यापारी समस्यामा

ईनेपालपत्र समाचारदाता , २१९  पटक हेरिएको

दिपेश रोक्का
कानेपोखरी, १३ साउन। मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाइलो बजारमा बत्ती नहुदा ब्यापारीहरु समस्यामा परेका छन। कानेपोखरी गाउँपालिकाले बत्तीको व्यवस्थापन नगर्दा व्यापारीहरु समस्यामा परेका हुन ।
कानेपोखरीको सबै भन्दा पुरानो बजार भनेर पनि चिनिन्छ रमाइलो बजार, तर बजार अझै व्यबस्थित हुन अझै सकेको छैन। बिगत लामो समय देखि रमाइलो बजारमा व्यापारीहरु व्यापार गर्दै आइरहेको छन । ब्यापारीहरुले प्रत्येक बर्ष बजार समितीलाई पैसा तिरेपनि पैसा तिरेको सेवा सुबिधा नपाएको ब्यापारीहरुको गुनासो रहेको छ।
रमाइलो बजारमा बत्ती नहुदा ब्यापारीहरुले दिउसो भरी सामानहरु बेच्छन तर बेलुका सामान उठाउने बेलामा बत्ती हुदैन अन्धकार हुन्छ मोबाइलको बत्ती बालेर सामानहरु उठाउन बाध्यतामा रहेका छन । कानेपोखरी गाउँपालिकाले पोलतिर र बजार क्षेत्र भित्र बत्तीको व्यवस्थापन गर्दिएको भए हामीलाई सहज हुने ब्यापारीहरु को भनाइ छ । बजार क्षेत्र भित्र विभिन्न फोहोर व्यवस्थापन नहुदा समस्या परेको ब्यापारीहरुले बताएका छन ।
बजार क्षेत्रमा पानी जम्ने खाल्डा खुल्डी निकै नै रहेको छ।बजार क्षेत्रमा टुवालेटको पनि व्यवस्थापन नभएको ब्यापारीहरुको गुनासो रहेको छ । कानेपोखरी गाउँपालिकाले फोहोर व्यवस्थापन , सार्वजनिक शौचालय , खानेपानीको व्यवस्थापन , बजार क्षेत्रमा बत्ती जडान गर्दिन ब्यापारीहरुले माग गरेका छन ।

प्रकाशित मिति: २०२३-०७-२९ , समय : १९:२९:०७ , १ वर्ष अगाडि