Enepal Patra Pvt. Ltd. , १०६२  पटक हेरिएको

काठमाडौं । श्रीमान्लाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन १ चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् । श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन । आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन १ उक्तकुरा अध्ययन बाट प्रमाणित भएको छ।


श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ । हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ ।

उक्त सर्भेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एकपटकभन्दा बढी झगडा गर्ने गरेका थिए । यस्तो झगडाले सम्वन्धले कुनै दिर्घकालिन असर परेको देखिएन । कहिलेकाँही झगडा गर्ने जोडीहरु स साना भ्रमका बाबजुद पनि लामो समयसम्म सँगै बस्छन् । किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ ।

झगडा परिपक्व सम्बन्धको संकेत हो

आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ ।

कहिलेकाहीँ हुने स(साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।

झगडाको अर्थ ख्याल राख्नुस

पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लिदिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि पिडा र झगडा बेहोर्न तयार हुनुहुन्छ भने यो तपाईंको साँचो मायाको संकेत हो । अर्को शब्दमा भन्नुपर्दा कहिलेकाँही एकआपसमा झगडा गर्नु भनेको तपाईंहरु अझै एकअर्काप्रति धेरै प्रतिबद्ध हुनुहुन्छ भन्ने हो ।

एकपटक सोच्नुहोस् त, तपाईं आफ्नो आमाबुबा र दाजुभाई दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ रु पार्टनरसँगको सम्बन्धमा पनि यस्तै हुन्छ । यदि तपाईंहरु धेरै झगडा गर्नुहुन्छ भने यसको अर्थ तपाईंहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ ।

झगडाले सञ्चार सजिलो बनाउँछ

तपाईंले चुप बसेर आफ्नो जोडीको विश्वास जित्न सक्नुहुन्न । यसको लागि तपाईंले खुल्ला दिमागले कुरा गर्नुपर्छ । आफ्नो कार्यहरुको जिम्मेवारी बहन गर्नुपर्छ र एकअर्काको कुरा राम्रोसँग सुन्नुपर्छ ।

झगडा वा वादविवाद गर्नु पनि सञ्चारको प्रमुख र सबैभन्दा प्रभावकारी रुप हो । यसले आत्मियता, विश्वास र लगावको भावना बढाउन मद्धत गर्छ र पार्टनरलाई तपाईंसँग अझै राम्रो तरिकाले कुरा गर्न सिकाउँछ ।

झगडा स्वस्थ सम्बन्धको संकेत

मनोवैज्ञानिकहरुले स्वस्थ र सुखी सम्बन्धका ७ मुख्य तत्वहरुमा झगडालाई पनि एक मानेका छन् । यदि जोडीले कहिल्यै पनि झगडा गरेनन् भने त्यसले उनीहरु दुईजना बीचमा केही राम्रो नभएको संकेत गर्छ ।

झगडाले जोडीलाई उनीहरुको मान्यता र भावनालाई फेरि सोचेर पार्टनरको मागलाई फेरि सम्बोधन गर्न वा वार्ता गर्न सहयोग गर्छ । तर, विचार गर्नुपर्ने कुरा तपाईंको बहस अस्वस्थ र हिंस्रक हुनुहुँदैन । त्यसैले आफ्नो कुराहरु नाम नबोलाई वा ठुलो स्वर नबनाइकन राख्ने गर्नुहोस् ।

झगडाले आत्मियता बढाउँछ

जब तपाईं आफ्नो पार्टनरसँग झगडा गर्नुहुन्छ, यसमा जीत(हार कुरा ठूलो होइन । सबैभन्दा मुख्य कुरा तपाईंहरुले एक अर्कालाई राम्रोसँग बुझ्न पाउनुहुन्छ । बेलाबखत हुने साना झगडाले दुवैलाई एकअर्काको प्रकृति र स्वभाव बुझ्न सहयोग गर्छ । यसले आफ्नो पार्टनरसँग कसरी व्यवहार गर्ने भन्ने सिकाउँछ ।

झगडाले सबै चुनौतीहरुलाई सँगै मिलेर सामना गर्न सिकाउँछ । अझै महत्वपूर्ण त तपाईंलाई पार्टनरसँग सम्झौता गर्न र दुईजना बीचमा बलियो सम्बन्ध स्थापना गर्न सघाउँछ ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : ०६:५०:१० , ४ वर्ष अगाडि