प्रशान्त निराैला , १४२ पटक हेरिएको
लेटाङ, ६ साउन । लेटाङ ३ बिरनमा रहेको नगर अस्पातलले बिहान ७ बजे बाट खाली पेटमा गर्नुपर्ने परिक्षण गर्ने भएको छ । बिहान खाली पेटमा गर्नु पर्ने परिक्षण १ घन्टाका लागि ८ बजे सम्म सन्चालन गरिने लेटाङ ३ नं. वडा अध्यक्ष तथा उक्त अस्पतालका अध्यक्ष डम्बर राईले जानकारी दिनुभयो ।
यो सेवा सुरु भएपछी अब सुगरका बिरामिले अन्यत्र जानू पर्ने बाध्यता हटेको छ । स्वास्थ्य बिमा गरेकाहरुको बिमा बाटै परिक्षण हुन्छ भने स्वस्थ्य बिमा नगरेका बिरामिलाई केही शुल्क लाग्नेछ ।
अघिल्लो जनप्रतिनिधिको कार्याकालमा भवन बनेर स्वास्थ्य सेवा दिन सुरु गरिको उक्त अस्पतालमा हालका जनप्रतिनिधिहरुले अझै ब्यबस्थित र आधुनिक बनाउदै लाने प्रयत्न गरिरहेका छन ।
ल्याबका लागि अटोमेटिक मेसिन ल्याएर परिक्षण सुरु गरेको अस्पतालले हाल १५ बेडको ईमर्जेन्सी सेवा समेत सुरु गर्ने तयारी थालिरहेको अस्पतालका अध्यक्ष राईले बताउनुभयो।
ईमेरजेन्सिमा २४ घन्टा सेवा दिईरहेको अस्पतालमा सुरक्षा गार्डको समेत ब्यबस्थापन गरेको छ ।
अस्पतालले करार सेवामा एकजना एमबिबिएस डाक्टर समेत राखेर समेत सेवा दिईरहेको छ ।
प्रकाशित मिति: २०२३-०७-२२ , समय : १९:४२:०३ , १ वर्ष अगाडि