प्रशान्त निराैला , ९१२ पटक हेरिएको
मोरङ, २ असार । चिरपरिचित गायक शम्भु राई तथा लोकप्रीय लोक गायिका गंगा गौतमको स्वरमा रहेको “ धनकुटा धरान” बोलको लोक गीत सार्वजनिक भएको छ ।
गायिका गंगा गौतमको युट्युव च्यानलवाट सार्वजनिक भएको गितले धनकुटा तथा धरान लगायत पुर्वी पहाडी जनजीवनकाे सत्य कथालाई लाेक गीतमा ढालेको छ ।
पुर्वी भाकाको लोक गीतमा बाल्यकाल र बर्तमानका जीवनका कथालाई समेत समेट्ने प्रयत्न गरिएको छ ।
‘कुन ठाँउमा जन्म हुन्छ नी लैलै कुन ठाँउमा मरन’ भन्दै जीन्दगीलाई गीतले भावुकता तर्फ मोड्न खोजेको छ । पुर्वि पहाडी जिल्लाका दैनिकीलाई समेत गीतले समेट्न खोजेको छ ।
प्रकाशित मिति: २०२३-०७-१८ , समय : १६:१०:०६ , १ वर्ष अगाडि