रबिन श्रेष्ठ , ३२५ पटक हेरिएको

लेटाङ २८ असार । मोरङ जिल्लाको उत्तरी भुभाग हाल डाकाहरुको समुह वाट असुरक्षित बन्दै गएको छ । करिव १५ दिनको अन्तरालममा मोरङको लेटाङ कानेपोखरी सडक , लेटाङको जाँते पथरी सडक तथा लेटाङ केरावारी सडकमा लुटपाट मच्चीरहेको छ ।
पछिल्लो समय बुधवार राती करिव ८ बजेको समयमा लेटाङ कानेपोखरी सडक अन्तरर्गत फायरलाईन देखि १०० मिटर दक्षिणमा पुन : लुटपाटको प्रयास भएको छ । लेटाङका एक युवा ब्यवसायिलाई कानेपोखरी वाट लेटाङ तर्फ मोटरसाईकलबाट आउदै गर्दा ६ जनाको लुटेरा समुहले लुटपाटको प्रयास गरेका छन् । तरवार तथा खुकुरी देखाउदै सो समुहले रोक्ने प्रयास गरे पछि ति युवा ब्यवसायीले मोटरसाईकल नरोकी लुटेराको घेरा तोडेर भाग्न सफल भएका थिए ।
लुटिन वाट बच्न सफल भएका ति युवाले प्रहरीलाई खवर गरेपछि तत्काल सो स्थानमा प्रहरी सहितको स्थानिय युवाहरु घट्ना स्थलमा पुगेको थियो । टोलीले उक्त ठाँउमा लुटेरा समुहलाई देखेको भएपनि प्रहरीले पक्राउ गर्न नसकेको प्रहरी संगै गएको टोलीका एक सदस्यले हामीलाई जानकारी दिए । प्रहरी संग टर्च लाई लगायतका स्रोत साधन नभएकाले लुटेराहरु भाग्न जंगल तर्फ भाग्न सफल भएका हुन् ।
लेटाङ नगरवासी लुटपाटका घट्ना वारम्बार हुन थालेपछि त्रसित हुन थालेका छन् । दैनिक जसो घट्ना हुन थालेपछि असुरक्षित बन्दै गएको भन्दै स्थानियले शान्ति सुरक्षाको माग समेत गरिरहेका छन् ।
लेटाङ पर्यटन क्षेत्रको रुपमा विकसित हुदैँ गरेको शहर भएका हुनाले यहाँ धरै मानिसको आवत जावत हुन्छ । लेटाङका मानिसहरुको दैनिकी समेत उर्लावारी , पथरी, कानेपाखरी, वेलवारी ईटहरी ,विराटनगर , धरान लगायतका ठाउँमा प्रत्यक्ष रहेको छ । यहाँका सडकमा समेत मानिसहरुले ओहोरदोर गरिरहनुपर्दछ । सडकहरुमा प्रहरीले पेट्राेलिङ बढाउनुपर्ने समेत माग जनताले गर्न थालेका छन् ।
प्रकाशित मिति: २०२३-०७-१३ , समय : १५:५१:५८ , २ वर्ष अगाडि