ईनेपालपत्र समाचारदाता , १०७ पटक हेरिएको
रबिन्द्र बराल
रंगेली २५ असार । माेरङ काे रंगेली नगरपालिका ९ स्थित दाेहमना बजार मा सडक निर्माणकार्य मा गुणस्तरीयहिन काम भएको भन्दै स्थानीयले बिराेध गरेका छन ।
दाेहमना बजारकाे पुर्वमा रहेको २ सय ८० मिटर लम्बाई काे सडक निर्माणकार्य काे ठेक्का जै शम्भु कन्ट्रक्सन ईलाम ले पुस महिनामा निर्माणका लागि भ्याट बाहेक ४९ लाख रुपैयाँ मा ठेक्का पाएकाे र साे सडक बैशाख ३१ गते सम्म निर्माणकार्य सम्पन्न गरि सक्नुपर्ने थियोे । उक्त सडकमा ठेक्केदार ले पानी परेकाे समयमा प्राईमर काेड गरेर सबै पानी ले बगाएको ठाउँमा कालाेपत्रे गरेपछि अहिले सजिलै संग पिच उक्किन थालेको छ ।
स्थानीय हरु नगर प्रमुख तथा वडा अध्यक्ष हरु लाई जानकारी गराए पछि निर्माण व्यवसायलाई समेत जानकारी गराएका थिए । निर्माण व्यवसाहिले ठेक्केदार लाई अहिले सडककाे काम नगर्ने निर्देशन दिए पछि ठेक्केदार का कर्मचारी ले सव ईन्जिनियर विनाेद दास माथि समेत हातपात गरेर काम पुनः गरेको संधिय आयोजना कार्यनयन ईकाईका नवीन किशोर श्रेष्ठले बताए । बडा अध्यक्ष चुडामणिा रेग्मी लाई नेपाली काङ्ग्रेस का जिल्ला सचिव समेत रहेका माेदराज घिमिरे ले उक्त बाटाे काे अनुगमन गर्ने तपाईं हरु काे अधिकार भित्र पर्देन त्याे संधिय ले गर्ने हाे भन्दै आफुलाई धम्काएकाे चुडामणिा ले बताए ।
यता माेदराज घिमिरे ले भने आफू ले कसैलाई न धम्काएकाे र सडक काे गुणस्तर हेर्ने काम अर्को वडा का अध्यक्ष काे काम नभएकाे र जनप्रतिनिधि काे काम सडक काे गुणस्तर हेर्ने नभएको आफुले बताए काे र न धम्काएकाे घिमिरेले बताए ।
प्रकाशित मिति: २०२३-०७-१० , समय : १९:४५:१४ , १ वर्ष अगाडि