लेटाङ- कानेपाेखरी सडकमा दुर्घटना ,दुईकाे मृत्यु

enepalpatra , ४८४  पटक हेरिएको

असार २२ ।माेरङकाे लेटाङबाट कानेपाेखरी तर्फ आउँदै गरेको टेम्पो र बिपरित दिशा तर्फ जाँदै गरेको बाेलेर एकापसमा ठाेक्किदा टेम्पो चालक र टेम्पोमा सवार बालिकाको मृत्यु भएको छ । कानेपाेखरी प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा टेम्पो चालक कानेपाेखरी ६, हनुमान चाैकका ४२ वर्षीय सागर तामाङ र कानेपाेखरी ६ कि ९ वर्षीय राेशनी मगर रहेकाछन् । तामाङकाे घटनास्थलमै मृत्यु भएको हाे भने राेशनीकाे उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै भएको हाे ।

प्र १- ०२ -००३ ह १३१२नम्बर टेम्पो र प्र १-०२-००२च ४१७३ नम्बरको बाेलेराे एकापसमा ठाेक्किएका थिए ।टेम्पोमा सवार आमा छाेरी मध्ये आमा कानेपाेखरी ६ कि टीका मगरको गाेल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। शुक्रबार बिहान लेटाङकाे फायरलाइनमा सडक अबरुद्ध गरेर रुख ढलेकाे थियो ।सडकमा एकतर्फी मात्र गाडी चल्न सक्ने गरि रुख पन्छाएर सडककाे अबरुद्ध खाेलिएकाे थियोे ।
साँझमा ठूलो गाडीको लाइटले टेम्पो चालकलाई असर गरेपछि टेम्पो लडेको रुखमा ठाेक्किएकाे हुनसक्ने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: २०२३-०७-०७ , समय : २३:१०:३८ , १० महिना अगाडि