ईसाइ समुदायको गीत सार्वजनिक

enepalpatra , १९४  पटक हेरिएको

म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरू

दिपेश रोक्का / कानेपोखरी,

१६ असार । दानिएल राईको शब्द र गायक समीर बिकको आवाज रहेको ईसाइ समुदायको ” हजारौं हजारबाट ” बाेलकाे गीत शुक्रवार सार्वजनिक गरिएको छ ।

एल्बम प्रेरणामा रहेको गीत हजारौं हजारबाट लाई कमल रसाइलीले सङ्गीत भर्नु भएकोछ । म्युजिक भिडियो सहितकाे गीतको निर्देशन राम बिकले गर्नु भएको छ । म्युजिक भिडियो क्रिष्चियन संसार नामको युटुब च्यानल बाट शुक्रबार साँझ ७ बजे सार्वजनिक भएको हाे ।

म्युजिक भिडियोमा नयाँ नायिका जसमिन सेन , जेनि सेन , सुपृया कार्की , सिखा सिंह , ऐश्वर्य राई , रिना लोहार , मिना लोहार , माया रसाइलीको अभिनय देख्न सकिन्छ ।भिडियो को छायाङ्कन रिकेश बज्राचार्यले गर्नु भएको छ।

म्युजिक भिडियोकाे छायाङ्कन कानेपोखरीको ऐतिहासिक स्थल पोखरी र पथरीको जिरिखिम्ती वरिपरिका रमणीय स्थलमा गरिएको निर्देशक राम बिकले बताउनुभयाे।

एल्बम प्रेरणामा दानिएल राईको एकल शब्द तथा गायक समीर बिकको एकल स्वर रहेकाे छ ।

प्रकाशित मिति: २०२३-०७-०१ , समय : ०७:५०:०६ , १० महिना अगाडि