ईनेपालपत्र समाचारदाता , ५४७ पटक हेरिएको
केराबारी , १३ असार । देवीझोडा केराबारी सडक खण्डको धरधरे नजिकै मोटरसाइकलमा आएका केराबारी गाउँपालिका कृषि शाखाका एकजना कर्मचारी लुटिएका छन् ।
बुधबार विहान कार्यालय समयमा मोटरसाइकलमा आउदै गरेका कृषि शाखाका कर्मचारी घर लेटाङका विशाल रिजाल विहान ९ः४५ बजेतिर लुटिएका हुन् ।
मोटरसाइकलमा सवार रिजाललाई धरधरे देखि उत्तरपटि नजिकै सडकमा माश्क लगाएर आएका केही युवाको समुहले खुकुरी देखाई उनीसंग भएको मोवायल पर्स र रेनकोट समेत लिएर लटेराले लगेको प्रहरील जनाएको छ।
लुटपाट पछि प्रहरी कार्यलयमा आएका रिजालले प्रहरीमा उजुरी दिएपछि लुटपाटमा सलग्न व्यक्तिहरुको हुलिया पछि तत्काल घट्नास्थलमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई घट्नाबारे अनुसन्धान गरिरहेको जनाएको छ । घट्नामा संलग्न व्यक्ति मध्य १ जनाको साथबाट गाजा पनि बरामद गरिएको जनाएको छ ।
प्रकाशित मिति: २०२३-०६-२८ , समय : २१:२८:११ , १ वर्ष अगाडि