गोबर ग्याँस प्लान्टको अनुगमन

ईनेपालपत्र समाचारदाता , ८८  पटक हेरिएको

पथरी शनिश्चरे,६ असार । पथरी शनिश्चरे नगरपालिकाद्वारा वडाहरुमा निर्माण गरिएको गोबर ग्याँस प्लान्टको अनुगमन गरिएको छ ।

मंगलबार नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा गोबर ग्याँस प्लान्टको अनुगमन गरिएको हो । वडाका विभिन्न टोलहरुमा निर्माण गरिएको सो गोबर ग्याँस प्लान्टको प्रयोगमा आए/नआएको अनुगमन टोलीले बुझेको हो । प्रायः सबै प्लान्टहरु दैनिक रुपमा प्रयोग गरिएको पाइएको छ ।
सो अनुगमनमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, योजना शाखा प्रमुख शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, इन्जिनियर सन्तोष केसी लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २०२३-०६-२१ , समय : ०५:१४:४३ , १ वर्ष अगाडि