सर्वसाधारणको ५ लाख ८६ हजार रुपियाँ हिनामिना

Enepal Patra Pvt. Ltd. , ९०९  पटक हेरिएको

लेटाङ ,१३ पुस ।मोरङको लेटाङ ३ का मोति सेन्च्युरी पक्राउ परेका छन् ।

जनज्योति बचत समूह गठन गरेर सर्वसाधारणको ५ लाख ८६ हजार रुपियाँ हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो

उनले स्थानीय दलित समुदायको उत्थान गर्ने बहाना बनाएर रकम सङ्कलन गर्दै आएको खुलेको छ । दलित समूदायमा पढे लेखेको ब्यक्ति भएको भन्दै दलित समूदायका ५० बढीले उनको जनज्योति बचत समूहमा दैनिक बचत गरेका थिए । लेटाङ ३ मा कार्यालय खोलेर एक जनालाई बचत सङ्कलक नियुक्त गरेर उनले सर्वसाधरणको ५ लाख ८६ हजार रुपियाँ जम्मा गरेको पीडितको भनाई छ । मोति बेलबारीको एक सरकारी विद्यालयका शिक्षक समेत रहेको खुलेको छ । सेन्चुरीले रकम हिनामिना गरेको उजुरी प्रहरीमा परेपछि उनलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी निरीक्षक अशोक जवेगुले बताउनु भयो ।

प्रकाशित मिति: २०१९-१२-२९ , समय : १६:५८:५२ , ४ वर्ष अगाडि