आदिवासी जनजाती संस्कार संस्कृति संरक्षण प्रवर्धन कार्यक्रम स्थल सरसफाई

रबिन श्रेष्ठ , ४५१  पटक हेरिएको

लेटाङ, २३ जेठ । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद लेटाङको आयोजना र लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा हुन गईरहेको आदिवासी जनजाती संस्कार संस्कृति संरक्षण प्रवर्धन कार्यक्रम स्थल सरसफाई गरिएको छ ।
पहिचान, संस्कार,सस्कृति संरक्षण भल्किने आ—आफ्नो व्यानर र आ—आफ्नो पहिचान झल्काउने जातिय झाँकी सहित लेटाङ बजारको परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय अगाडी हुदै विपी चौक , मेन रोड वाट कार्यक्रम स्थल बजार सिरान नेपाल तामाङ गुम्बा पुर्व खेरुवा जाने वाटो उत्तर संरक्षण गरिएको क्षेत्रमा गरिने कार्यक्रम स्थलको आयोजक संस्थाले आज विहान सरसफाई गरिएको हो ।
कार्यक्रममा लेटाङ भरी क्रियाशिल रहेका आदिबासी जनजाती संस्थाहरुको सहभागिता हुने महासंघका नगर अध्यक्ष बुद्धि चाम्लिङले जानकारी दिनुभयो ।
कार्यक्रम २६ गते शुक्रवार दिनको ११ बज देखि नेपाल तामाङ गुम्बा पुर्व खेरुवा जाने वाटो उत्तर संरक्षण गरिएको क्षेत्र लेटाङ ४ सिरानमा हुनेछ ।

प्रकाशित मिति: २०२३-०६-०६ , समय : १६:५६:३७ , २ वर्ष अगाडि