रुकुमपश्चिममा जिप दुर्घटना ः पाँच जनाको अवस्था गम्भीर

हाम्रो समाचारदाता , १३१  पटक हेरिएको

तस्विर: सिम्बाेलिक
रुकुम, ११ जेठ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् ।
प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा १५ जना सवार थिए ।
सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति: २०२३-०५-२५ , समय : ११:२२:२५ , ११ महिना अगाडि