लेटाङमा गाईवस्तु ओसारपसार बन्द

शशांक कोइराला , १५४  पटक हेरिएको

सांकेतिक तस्बिर

लेटाङ,१० जेठ । उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाई बस्तु भित्राउन र बाहिर पठाउन रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो ।
नगर कार्य पालिकाको जेठ ४ गते बसेको बैठकले गाईबस्तु ओासारपसारमा रोक लगाएको नगरका प्रवक्ता भुम सुर्यमगरले बताउनु भयो । नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक लेखनाथ भट्टराईका अनुसार नगर भित्र ३५ बढी गाईको लम्पीस्किनका कारण मृत्यु भइसकेको छ । भट्टराईले भन्नुभयो–रोग लागेका २१ दिन भित्रकमा पशुको मृत्यु भइसक्छ । रोगथामका लागि जेठ ५ गते देखि ४ जना पशु प्राविधिक परिचालन गरी भ्याक्सिन लगाउन थालेका छौं ।
लेटाङ–५ का भक्तबहादुर श्रेष्ठको लैनो गाई मरेपछि गाउँमा गाई मर्ने क्रम सुरु भएको हो । त्यसपछि लगातार सोही गाउँकमा उपेन्द्र खड्का, सीता कार्कीको गाई मरे । अहिले वडा मात्रै होइन पुरै नगरमा महामारीको रुपमा रोग फैलिएको छ । पशु प्राविधिक भट्टराईले समय मा नै रोग नियन्त्रण् नभए पशुपालक किसानले ठूलो आर्थिक घाटा ब्यहोर्नु पर्ने बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०५-२४ , समय : १३:३५:४५ , १२ महिना अगाडि