रेडक्रस उपशाखा जाँते द्वारा ४४ प्रीन्ट रगत संकलन

Mangesh , १९६  पटक हेरिएको

मंगेश योङहाङ

लेटाङ, ११ चैत । नेपाल रेडक्रस सोसाईटी जाँते उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४४ प्रीन्ट रगत संकलन भएको छ ।

रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै रेडक्रस जाँतेले आज मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ८ जाँते बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

हाम्रो शरिरमा भएको रगत ३ महिनामा एकपटक दान गर्न मिल्छ । प्रत्येक दिन अस्पतालमा बिरामिका लागि रगतको आवश्यकता पर्ने गर्छ । बिरामिको चाप अस्पतालमा भएको बेला रगतको चरम अभाब भईरहेको हुन्छ । अहिले अस्पतालमा रगतको अभाब छ । यो समस्या समाधानमा टेवा पुर्याउनका लागि रक्तदान गरिएको रेडक्रस जाँतेका सभापति प्रेम बहादुर खड्काले बताउनुभयो ।

रेडक्रस मोरङका सभापति सुबोध सिंगको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङका समाजसेवी , बुद्दिजिवी , पत्रकार, युवा , महिला लगायतले रक्तदान गरेका थिए ।

रेडक्रस मोरङ अध्यक्ष सिंहले रक्तदान जस्तो पबित्र कार्यमा सहभागी जनाउने सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो । रेडक्रस जाँतेको कार्यक्षेत्र हाल लेटाङ नगरपालिका भरी रहेकोले लेटाङका प्रत्येक बिपतमा रेडक्रसले सहयोग गर्न सिंह आग्रह गर्नुभयो । लेटाङ नगरपालिकाको बिपद ब्यबस्थापन समितिमा रेडक्रस सदस्य हुने भएकाले कार्यक्रम मार्फत नगरपालिकालाई सहभागिता गराउन आग्रह गर्नुभयो ।

कार्यक्रमलाई ८ नं. वडा कार्यालय लेटाङले सहयोग गरेको हो ।

प्रकाशित मिति: २०२३-०३-२५ , समय : २२:५४:०० , १२ महिना अगाडि