प्रशंसालाई न्याय माग्दै पर्ल एकेडेमीका विद्यार्थी सडकमा

enepalpatra , ५९०  पटक हेरिएको

कानेपाेखरी,फागुन १८ । कलाकार गाैरव दर्पणकी २८ महिनाकी छाेरी प्रशंसा गाैतमकाे काठमाडौंकाे हिमाल अस्पतालमा उपचारका क्रममा भएको मृत्युकाे विराेधमा बिहीबार माेरङकाे रमाइलो बजारमा शान्तिपूर्ण जुलुस निकालिएकाे छ ।
कानेपाेखरी ६ रमाइलोकाे पर्ल एकेडेमी इङलिस स्कुलले आयाेजना गरेकाे कार्यक्रम विद्यालयबाट सुरु भई रमाइलो बजार परिक्रमा गरि मितेरी डेभलपमेन्ट बैंक अगाडि पुगेर काेण सभामा परिणत भएको थियोे ।विद्यार्थीहरू सहभागी जुलुसले दाेषीलाई पक्राउ गरि कानुनी कार्यवाहीकाे माग गरेकाे छ ।
कार्यक्रममा विद्यालयकी प्रशासन प्रमुख मेनुका पाैडेल ,शिक्षकहरू केदार धिमाल,प्रिन्सिपल फणीन्द्र अधिकारीले दाेषी डाक्टरलाई पक्राउ गरि अविलम्ब कार्वाही गर्न माग गर्नुभयो । प्लेकार्ड सहित निस्केका विद्यार्थीले प्रशंसालाई न्याय दे, डाक्टर जयदेव यादवलाई कार्वाही गर । बालबालिकाकाे स्वास्थ्यमा खेलवाड नगर । लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति: २०२३-०३-०२ , समय : २०:२९:३० , १ वर्ष अगाडि