काेसी नाम प्रति खम्बुवान राष्ट्रिय पार्टीको आपत्ति

आन्दोलनकाे चेतावनी

enepalpatra , ४७४  पटक हेरिएको

पथरी,१८ फागुन ।आरके खम्बु राष्ट्रिय अध्यक्ष रहेको खम्बुवान राष्ट्रिय पार्टीले बिहिवार माेरङकाे पथरीशनिश्चरे २ स्थित हाेटल साल्पामा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर १ सरकारले जनताले माग्दै नमागेकाे नाम राखेर पहिचानवादीहरुकाे अपमान गरेकाे बताएको छ ।
प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका महासचिव रणेन्द्र थिम्राहाङ र उपाध्यक्ष दिलाराम राईले एकात्मकवादी साेचले प्रदेश १ काे नामाकरण काेसी राखिएको भन्दै शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । प्रदेशको नाम काेसी राखिदेउ कसैले भनेको थिएन ।पहिचानवादीले किरात प्रदेश वा लिम्बूवान राख्न पटकपटक आग्रह गरेका थिए ।तर, सरकारले पहिचानवादीका कुरा सुनेन ।विज्ञप्तिमा भनिएकाे छ- ” खम्बुवान भुगाेललाई छलछामपुर्ण तरिकाले अंकगणितकाे जालसाजी पुर्ण तरिकाले प्रदेशको नामाकरण गर्दा प्रदेशका आम आदिवासी जनजातिका अधिकार कटाैति हुनेगरि प्रदेशको नाम राख्ने कार्यकाे हामी घाेर बिराेध गर्दछौं । विज्ञप्तिमा तामाङसालिङ,नेवा,मगरात,तमुवान,लिम्वुवान खम्बुवान सबैले आन्दोलनकाे आँधीबेहरी ल्याउने उल्लेख छ ।

प्रकाशित मिति: २०२३-०३-०२ , समय : १९:३६:४३ , १ वर्ष अगाडि