रमाइलो क्याम्पसको अध्यक्षमा काफ्ले निर्वाचित

enepalpatra , ५७१  पटक हेरिएको

कानेपोखरी, १७ फागुन । कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्ले मोरङको कानेपोखरी–५ भौंसावारीस्थित रमाइलो बहुमुखी क्यापसको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
निर्वाचन समितिका संयोजक राजकुमार बरालका अनुसार आज भएको निर्वाचनमा निवर्तमान अध्यक्ष दुर्गाबहादुर कार्कीलाई ९ मतले पराजित गर्दै ५ वर्षका लागि काफ्ले अध्यक्षमा निर्वाचित हुनु भएको हो । काफ्लेले १४ मत प्राप्त गर्दा कार्कीले ५ मत पाउनु भयो । २ मत बदर भयो । क्याम्पस परिषदका २१ जना सदस्यले अध्यक्ष र दुई जना उपाध्यक्ष चयन गर्नु भएको हो । उपाध्यक्षमा मेघराज मुखिया र चरण गुरुङ निर्वाचित हुनुभयो । मुखियाले १७ र गरुङले १४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षका अर्का उम्मेद्वार कमल कार्कीले ७ मत प्राप्त गर्नुभयो ।२०४८ सालमा समूदाय स्तरबाट स्थापना भएको क्याम्पसमा ३ वटा शंकायमा साडे ३ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति: २०२३-०३-०१ , समय : १८:११:२२ , १ वर्ष अगाडि