मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्रयोग गर्न सांसद लिम्बुको सुझाब

ईनेपालपत्र समाचारदाता , ५९१  पटक हेरिएको

लेटाङ , ४ माघ । राष्ट्रिय राजमार्गको मापदण्ड चौडाइ ५० मिटर हुने ब्यबस्था अनुसार मदन भन्डारी राजमार्गले छुने मोरङ क्षेत्र नं. १ अन्तरगतका नगरपालिका गाउँपालिकाले घर नक्सा पास तथा निर्माणका काममा रोक लगाउन थालेपछि स्थानीयवासीले सडक निर्माणमा अबरोध सुरु गरेका छन ।

सडक क्षेत्रको ५० मिटर सडकको मापदण्डमा परेको र सेटब्याक ६ मिटर छोडेर घर बनाउनुपर्ने नियम जनताले थाहा पाएपछी केराबारी , लेटाङ र मिक्लाजुङका सडक क्षेत्रका करिब १ हजार घर भित्किने र धेरै परिबार बिस्थापित हुने भन्दै स्थानियहरु आन्दोलित भएका छन ।

सडक क्षेत्रमा रहेको घरजग्गा खरिद–बिक्री गर्न र बैंकिङ कारोवारमा समस्या आउने भएपछी स्थानिय सडकबाट पिडित बनेकाहरुले कुनै हालतमा सडक बन्न नदिने बताएका हुन  ।

हालका लागि सडकको चौडाइ ५० मिटर नभए पनि सडक निर्माणसँगै त्यस क्षेत्रभित्र बैंकिङ कारोवार नहुने भएकाले स्थानीयवासी सहमत नभएको हुन । सरकारले सडक निर्माण र विस्तारका क्रममा अधिकांश स्थानमा स्थानीयवासीबाट जग्गा सित्तैमा लिने गरेको छ ।

मदन भन्डारी राजमार्गको केराबारी देखि मिक्लाजुङ सम्मको क्षेत्र सांसद सहितको टोलिले मंअगलबार अनुगमन समेत गरेको छ ।
मोरङ क्षेत्र नं. १ का सांसद डिगबहादुर लिम्बुको संयोजनमा उर्लाबारी नगरपालिकाका प्रमुख गंगा प्रसाद खरेल , मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई , केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिचिङ , लेटाङ नगरपालिकाकि उपप्रमुख कृष्णकुमारी निरौला सहित उक्त क्षेत्रमा पर्ने ४ वटा पालिकाका उपप्रमुखहरु , वडा अध्यक्षहरु , प्रमुख प्रसासकिय अधिकृतहरु, आयोजनाका प्रतिनिधि सहितको टोलिले निर्माणाधिन सडकको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा घना बस्ती भएका ठाउँमा समस्या देखिएको भन्दै बिकल्प खोज्नुपर्ने बताउनुभयो ।
सडकले बजार क्षेत्रमा ५ धुर १० धुर किनेर घर बनाएर बसेकाहरु पिडित भएको बताउदै सांसद लिम्बुले ठूलो क्षती रोक्न सरकारले बिकल्प खोज्नुपर्नेमा जोड दिनुभएको हो ।
केराबारी , लेटाङ मिक्लाजुङका बजार क्षेत्रमा घर भत्किएर जनताहरु सुकुम्बासी बन्ने अवस्था आएको भन्दै बस्तीलाई जोगाएर सडक लाई डाईभर्सन गर्न सकिने बताउनुभयो । अर्को बिकल्पको रुपमा  बजार क्षेत्रलाई रास्ट्रीय राजमार्गको मापदण्ड बाट हटाई २० मिटर सम्म कायम गरेर जान सकिने समेत सांसद लिम्बुले बताउनुभयो ।

नगरपालिका तथा गाउँपालिकाका प्रमुख उपप्रमुखहरुले बस्ती जोगाउदै सडक निर्माण गर्नुपर्ने र आयोजनाले आयोजना क्षेत्रका स्थानिय तह संग गहन छलफल गर्नुपर्नेमा जोड दिनुभयो । पालिका प्रमुखहरुले जनतालाई अधिकतम फाईदा हुनेगरी सडक निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।

प्रकाशित मिति: २०२३-०१-१८ , समय : ०७:१२:०१ , १ वर्ष अगाडि