ईनेपालपत्र समाचारदाता , ७६७ पटक हेरिएको
काठमाडौं, २२ पौष । अन क्याम्पस काठमाडौं अन्तर्गतको मुख्य कार्यक्रम आईडिया पिचिङ नजिकिंदै गर्दा हल्ट प्राइज एट आइ.एम.एस. ले आयोजक समितिलाई सहजीकरण तालिम प्रदान गरेको छ।
उत्त तालिममा कार्यक्रमलाई सफलतापुर्वक संचालन गर्न आवश्यक पर्ने सामाग्री, यसको पूर्व तयारी र सम्पूर्ण योजनाहरुको बारेमा चर्चा हुनुको साथै अनुभवी व्यक्तिहरुबाट अनुभव पनि आदान – प्रदान भएको हो।
यो तालिमले आयोजक समितिलाई अन क्याम्पस कार्यक्रम सभ्य, भव्य र सफलताका साथ समापन गर्नको लागि प्रेरणा प्रदान गरेको साथै आर्थिक विश्लेषणको पक्ष्यमा पनि सहयोग गरेको समितिका प्रविधिक विशेषज्ञ अमिस अधिकारीले बताएका छन्।
प्रकाशित मिति: २०२३-०१-०७ , समय : २०:५६:३९ , ३ वर्ष अगाडि