ईनेपालपत्र समाचारदाता , ३४७ पटक हेरिएको
विराटनगर, २३ पुस । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो । भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले आज बिहान विदाई गर्नुभयो । वडाध्यक्ष अर्जुन गिरीको नेतृत्वमा १ सय ६० जना ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा गएका हुन् । वडाको वार्षिक विनियोजित बजेटअन्तर्गत ज्येष्ठ नागरिकलाई धार्मिक पर्यटन यात्रामा लगेको वडाध्यक्ष गिरीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरुलाई झापा र इलामका विभिन्न धार्मिक र पर्यटकीयस्थलको भ्रमण गराइनेछ ।
प्रकाशित मिति: २०२३-०१-०७ , समय : १०:१६:४७ , ३ वर्ष अगाडि