सरकार बाट बाहिरियाे समाजवादी पार्टी, सरकारलाई दिएको समर्थन फिर्ता

Enepal Patra Pvt. Ltd. , ६६३  पटक हेरिएको

काठमाडौं  ९ पुस। समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।

‘समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । अब समाजवादी प्रतिपक्षको भूमिका निर्वाह गरेको निर्णय गरेको जानकारी गराउँछु’ उनले भने ।

प्रकाशित मिति: २०१९-१२-२५ , समय : १४:५३:१९ , ४ वर्ष अगाडि