निशुल्क उपचार भएका विरामी र आफन्तलाई विगतमा पार्टी सोधिन–डाक्टर शर्मा

अहिले रुखमा मत मागिरहेको छु

enepalpatra , ४८६  पटक हेरिएको

डाक्टर शर्मा

बेलबारी/ प्रतिनिधि सभाका लागि मोरङ ३ मा नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले आफूले निशुल्क उपचार गराएका कुनै पनि बिरामी र उनका कुरुवासँग कुन दलमा मतदान गर्नुहुन्छ भनेर नसोधेको बताएका छन् ।
बिहीबार आफ्नै निवासमा पत्रकारसँग कु्रा गर्दै उनले भने – स्वार्थ रहित समाज सेवा हो । मैले आफ्नो निर्वाचन क्षेत्र बाहिरका मात्रै ६० हजार बिरामीको निशुल्क उपचार गरेको छु । डाक्टर शर्माले थपे– कुनै पनि बिरामीसँग मैले दलको कुरा गरेको छैन । धेरै बिरामी र उनका आफन्तलाई सुनील शर्मा कुन दलको मान्छे हो भन्ने सम्म ज्ञान छैन । शर्माले दल नै नसोधेपछि मत कुन चिन्हमा हाल्नु हुन्छ भन्ने प्रसङ्ग नै नआएको बताउँदै जसले उपचार पाएर नयाँ जीवन पाउनु भयो ‘उहाँहरू नै म कहाँ आएर सहयोग गर्ने बचन दिइरहनु भएको छ ।’ शर्माले पत्रकारको जिज्ञाषामा भने– ५ वर्ष अघि चुनाव हारें । हारेर पनि म जनतासँग भागेको छैन । न त गरिव , विपन्न र अल्पसङ्ख्यक समूदायका विद्यार्थीलाई निशुल्क चिकित्सा शिक्षा पढाउने अभियान नै रोकें । आज २ हजार विद्यार्थीले निशुल्क चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन् ।
राजनीतिज्ञले आगामी चुनावको मात्र चिन्ता गर्छ, भन्छन् नि भन्ने जिज्ञाषामा डाक्टर शर्माको जवाफ थियो– अघिल्लो निर्वाचनमा मोरङ ३ बाटै जितेर देशको स्वास्थ्य मन्त्री भएका ब्यक्तिसँग राज्य कोषको करोडौं रुपियाँ खर्च गर्ने अधिकार थियो । देशभरको कुरा नगरौं – मोरङ–३ मा उहाँ १ लिटर तेल र एक किलो चामल लिएर आउन सक्नु भएन । उहाँ सर्वहारको नेता हो । ठिकै छ , राहत ल्याउन सक्नु भएन । खोई कुन अस्पतालमा कोभिडको छुट्टै क्षेत्र बनाएर उपचार गराउन सक्नु भयो । अक्सिजन सिलिण्डर नपाएर मान्छे प्याक प्याक भएको बेला कहाँ कहाँ सिलिण्डर पु¥याउनु भयो । कोभिड बिरुद्धको खोप,अक्सिजन सिलिण्डर देखि औषधि सम्ममा कमिसन लिएको भनेर समाचार आउँदा उहाँले होइन सम्म भन्न सक्नु भएन । आगामी चुनावको चिन्ता भएको भए, उहाँले धेरै काम गर्नु पर्ने होइन र ? शर्माले अगाडि भने – मोरङ ३ कै पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न उहाँलाई कसले रोक्यो ? कानून बनाउने मन्त्री उहाँ नै स्वास्थ्य मन्त्री उहाँ नै किन ? त्यति काम गर्न सक्नु भएन । ढकालले जनतालाई जवाफ दिन सक्नुपर्छ । उनले आफू राजनीतिज्ञ भन्दा सामाजिक ब्यक्ति भएकोले आगामी चुनावका बारेमा कहिल्यै चिन्ता नभएको उनको प्रष्टोक्ति थियो । उनले अन्तिममा भने– जस जसलाई विगतमा बीना सर्त सेवा ग¥यौं उहाँहरूसँग रुखमा भोट दिनुस भनेर मागेका छौं । उहाँको मन र मत हामीले पाएका छौं ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : १०:५०:५२ , १ वर्ष अगाडि