सरकारी खर्चमा अस्पताल शिलान्यास गर्ने र नीजि खर्चमा बिरामीको निशुल्क उपचार गर्ने बीच प्रतिस्पर्धा

enepalpatra , ३५३  पटक हेरिएको

विराटचौक २७, कात्तिक । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली ओली सरकारको तीन/तीन पटक मन्त्री बनेका भानुभक्त ढकालले आर्थिक लाभका लागि मात्र मोरङको सुन्दरहरैचा–११ कर्जुनामा प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्न शिलान्यास गरेको रहस्य खुलेको छ ।
ढकालले आफू स्वास्थ्य मन्त्री हुँदा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति लगायतका पदाधिकारी २५ करोड रुपियाँमा बिक्री गरेको सार्वजनिक भएको थियो । पैसा लिँदै उपकुलपति, रेक्टर, रजिष्टार, अस्पताल प्रशासक, डिन र विभागीय प्रमुख बिक्री गरेका ढकालले प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीको सेटिङमा अस्पताल शिलान्यास गरेका थिए । प्रतिष्ठानको नाममा रहेको १४ विघा मध्ये ५ बिघा जग्गा अस्पताल निर्माणका लागि दिने भनेर गिरीले मन्त्री ढकाल र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आश्वासन दिएका थिए ।

तर, एउटा सरकारी निकायको जमीन अर्को सरकारी निकायले प्राप्त गर्ने प्रक्रिया नै झन्टिलो थियो । त्यो कुरा बुझ्दा बुझ्दै पनि मन्त्रीले ठूलो तामझामका साथ अस्पताल निर्माणको शिलान्यास गरे । जग्गा प्राप्तिको काम नै नगरी लाखौंको डिपीआर तयार गरी माटो रकम ढकाल र गिरीले भागशान्ति गरेको स्थानीयको आरोप छ । शक्तिशाली मन्त्रीमण्डलको मन्त्री भएका बेला पनि जनताको काम नगर्ने मन्त्री ढकाल अहिले सो क्षेत्रमा मत माग्न प्रदेश उमेद्वार ज्ञानेन्द्र सुबेदीलाई पठाइरहेका छन् । स्थानीय एक महिलाले भनिन– उहाँ भोट माग्न आउनु भएको छैन् । गाउँभरि बीपी प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्दा करोडौं रुपियाँ लिएको हल्ला छ । गाउँमा उहाँलाई सबैले भ्रष्टाचारी भन्छन् ।
पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएको बेला उनले अस्पताल शिलान्यास गरेको ठाउँमा अहिले तोरी छरिएको छ ।
बीपी प्रतिष्ठानका सुरक्षा गार्ड कृष्णप्रसाद न्यौपानेलाई २०७७ माघ १९ गते फल्न लागेको तोरी काट्न लगाएर सो स्थानमा अस्पतालको शिलान्यास गरिएको थियो । टेकु अस्पतालका ३ सय वेडले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याव सहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना सुन्दा स्थानीय बासिन्दा खुसीले गदगद भएका थिए । तर न्यौपानेले ६ बाली अन्न फलाएर खाइसक्दा पनि ढकालले शिलान्यास गरेको ठाउँमा न ठेकदार पुग्छन् । न वीपी प्रतिष्ठानका कर्मचारी नै पुग्छन् ।
अस्पताल शिलान्यास भएपछि वर्षौं देखि बिक्री नभएको शिलान्यास भएको छेउछाउको जग्गा प्लटिङवालाहरूले धमाधम बिक्री गरे । जसले अस्पताल बन्ने सम्भावना देखेर घडेरी किनेका थिए । उनीहरू अहिले पछुताई रहेका छन् । अस्पताल पस्ने सडक किनारको कर्जुना पैनी छेउमा वर्षौं देखि सुकुम्बासी बनेर बसिरहेका परिवार पनि खुसी थिए । उनीहरूलाई उसबेला ढकाल र वीपी प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले नयाँ ठाउँमा नयाँ घर बनाएर राखिदिने आश्वासन दिएका थिए । तर, उनीहरू नयाँ घरमा बस्ने सपना पनि पानीको फोका झैं फुटेको छ । सडक किनारमा घर बनाएर बस्दै आएका शुक्र झाँगडले भने अस्पताल पनि बनेन । अन्यत्र घर पनि दिएनन् । हामीलाई ढकालले ढाँटेछन् ।
अस्पताल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा ८ करोड रुपियाँ विनियोजन भएको बताएका मन्त्री ढकालले २५ करोड रुपियाँमा बन्ने अस्पताल आफू मन्त्री रहे पनि नरहे पनि निर्माण हुनेमा ढुक्क रहन आश्वासन दिएका थिए । तर, उनै ढकाल अहिले मङ्सिर ४ मा हुने निर्वाचनमा एमालेबाट उमेद्वार छन् । कांग्रेस उमेद्वार सुनील शर्मालाई मेडिकल माफियाको आरोप लगाएर मत बटुलिरहेका ढकालसँग प्रादेशिक सरुवा अस्पताल किन बनेन ? जवाफ छैन् ।
यता कांग्रेस उम्मेद्वार डाक्टर शर्मा भने चुनाव हारे पनि निरन्तर नागरिक सेवामा छन् । ५ वर्षमा उनले १ लाख ३४ हजार विरामीको निशुल्क उपचार गराएका छन् । गाउँ गाउँमा एम्बुलेन्स सेवा पु¥याएका छन् भने,विपन्न र सीमान्तकृत परिवारका छोरा छोरीलाई चिकित्सा शिक्षाको पहुँचमा पु¥याएका छन् । नीजि खर्चमा समाज सेवा गरिरहेका शर्मा र ढकाल अहिले फेरि आमने सामने भएका छन् । ढकाल जनताको प्रश्नसँग भागिरहेका छन् भने शर्मा जनताको मन र मतसँग जोडिरहेका छन् ।

प्रकाशित मिति: २०२२-११-१३ , समय : १४:५७:०८ , १ वर्ष अगाडि