लेटाङमा अपांगता भएकी युवती बलात्कृत

ईनेपालपत्र , २१९  पटक हेरिएको

लेटाङ ,११ असोज । मोरङको लेटाङमा शारीरिक रूपमा अपांगता भएकी युवती बलात्कृत भएकी छिन ।

लेटाङ नगरपालिका ९ की १९ वर्षीया युवती बलात्कृत भएकी हुन । बलात्कार आरोपमा लेटाङ- ३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ पर्ने राईको लेटाङ- ९ मा खेती छ । आफ्नै खेतमा रहेको टहरोमा लगेर गत शनिबार राति युवतीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडित युवतीको दुवै खुट्टा चल्दैन भने बोल्न सक्दिनन । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बोकेर टहरोमा पुर्याइ राईले बलात्कार गरेका हुन् ।

प्रहरीले घटना सोमबार मात्रै थाहा पाएको थियो । परिवारका सदस्यले किटानी जाहेरी दिएपछि उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको विषय थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०९-२७ , समय : २१:३९:१६ , २ वर्ष अगाडि