सुनिल शर्माले गरे मुटुरोगिको निशुल्क उपचार , जनताले दिए स्याबासि

ईनेपालपत्र , ४१५  पटक हेरिएको

बिराट्नगर ,२ अशोज। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका वृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । विपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो ।

स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन । कालिचरणका छोरा बैदेशिक रोजारीका लागि भर्खरै दुबई गएका छन्, विदेश जाँदा लागेको ऋण पनि तिरिसकेका छैनन् । घर बनाउने काममा ज्यालादारी मजदुरी गरेर बुहारीले घर धान्दै आएकी छन् । चौधरी परिवारसँग घर भएको १० धुर जग्गा बाहेक अन्य सम्पत्ति छैन । पैसा नभएका कारण उपचार कसरी गराउँने भन्ने समस्याले उनीहरूलाई पिरोलेको थियो ।

डा. शर्माले चौधरी परिवारको अवस्था थाहा पाएपछि निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् । विपन्न नागरिक औषधि उपचार कोषबाट पनि उपचारमा सहुलियत प्राप्त भयो । बाँकी सम्पूर्ण उपचार खर्च डाक्टर शर्माले निःशुल्क गराइदिएका हुन् । पैसा अभावमा उपचार गर्न नसकिरहेका बेला डा. शर्माले उपचारमा सहयोग गरेको भन्दै बिरामी कालिचरणकी बुहारी गुञ्जा चौधरीले खुशी व्यक्त गरिन् । ‘पैसा नभएर उपचारमा समस्या भइरहेका बेला सुनिल सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो गुन लगाउँनु भयो,’ चौधरीले भनिन् । उपचारका क्रममा करिब १ हप्ताको अस्पताल बसाइपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन ।

अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ ।

डा. शर्माले यसअघि पनि गरिब तथा बिपन्न हजारौं बिरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । अरुको दुखमा साथ दिदै आएका डा. शर्माले सडकमा भेटिने वेवारिसे बिरामीहरूलाई पनि नोबेल अस्पताल ल्याई उपचार गराउँने गरेका छन् । उनले कतिपय विपन्न बिरामीलाई आर्थिक सहयोग पनि गरेका छन् । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा. शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ ले प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनाउँन सिफारिस पनि गरेको छ ।
यस्तो पुन्य काम नेपालमा अरु कसैले गर्न नसकेको बताउदै स्थानिय कुबेर ढकालले शर्मालाई स्याबासी दिएका छन । यस पटक शुनिल शर्मालाई सांसद बनाउन क्षेत्र नं. ३ का जनताले मतदान गर्नुपर्ने समेत बताएका छन ।

प्रकाशित मिति: २०२२-०९-१८ , समय : १२:१४:४० , २ वर्ष अगाडि