७० बर्षिय वृद्धको दुर्घटनामा परेर मृत्यु

ईनेपालपत्र , ३७  पटक हेरिएको

मोरङ , २९ भदौ । मोरङको बूढीगङ्गामा मङ्गलबार साँझ दुर्घटना हुँदा वृद्ध पुरुषको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिका–३ शान्ति चोकमा साँझ ७ बजेतिर दुर्घटना भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पिकअप भ्यानको ठक्करबाट स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको छ । सडक क्रस गर्दै गरेको अवस्थामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४६९८ नम्बरको पिकअपले वृद्धलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगङ्गाकै विराट शिक्षण अस्पतालमा ७ः५० बजेतिर मृत्यु भएको हो । प्रहरीका अनुसार भ्यान र चालक विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति: २०२२-०९-१४ , समय : ०९:०४:४५ , २ हप्ता अगाडि