प्रशान्त निराैला , ७३८ पटक हेरिएको
लेटाङ ६ पूस । जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल लेटाङ नगरसमिति मोरङको तेस्रो स्थापना दिवश मनाईएको छ ।
आज केन्द्रको प्राङगण लेटाङ ४ मा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरउपप्रमुख कृष्णकुमारी पोख्रेल निरौला र ४ नं. वडाका अध्यक्ष सन्तोष कार्की विशिष्ठ अतिथिका रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शंकर राईले जेष्ठ नागरिकहरु नगरका धरोहर भएको र जेष्ठ नागरिकलाई माया र हेरचाहारको आवश्यकता हुने भएकाले नगरपालिकाले विशेष कार्यक्रम गरिरहेको बताउनुभयो । स्वास्थ्य परिक्षणका लागि समय समयमा स्वास्थ्य शिविरहरु आयोजना गरिएको साथै अन्य कार्यक्रमहरु समेत गरिरहेको उहाँले वताउनुभयो । केन्द्रको भवन निर्माणमा नगरपालिकाले सहयोग गर्ने समेत उहाँले उद्घोष गर्नुभयो ।
कार्यक्रममा वोल्दै उपप्रमुख पोख्रेलले जेष्ठ नागरिकको हकहितका लागि नगरपालिका सकारात्मक भई काम गरिरहेको वताउनुभयो ।
वडा अध्यक्ष सन्तोष कार्कीले केन्द्रलाई वडाका तर्फवाट वार्षिक रुपमा सहयोग गरिरहेको र सवै वडालाई समेत सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रम धर्मानन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०१९-१२-२२ , समय : १५:१५:५८ , ५ वर्ष अगाडि