नवजात शिशुको हत्यारा राउत जेल चलान

ईनेपालपत्र , ४९२  पटक हेरिएको

धनकुटा, २१ भदौ । नवजात शुशुको हत्या गरेर फरार भएका एक ब्यक्ति ९ बर्ष पछी पक्राउ परेका छन ।

भोजपुर नगरपालिका-४ का ४३ बर्षीय प्रेम कुमार राउतलाई २०७० साल असार ७ गते नवजात शिशुलाई कर्तब्य गरी हत्या गरेको पुष्ठि भएपछी कैद सजाय सुनाएको थियो ।  जिल्ला अदालत धनकुटाको २०७४ साल कार्तिक २० गतेको फैसला आदेशले २५ बर्ष कैद सजाय भएता पनि फरार रहँदै आएका राउतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले भदौ २० गते काठमान्डौबाट पक्राउ गरेको हो ।

हत्यामा संलग्न राउत सजाय भुक्तानको लागि जिल्ला कारगार चलान भएका छन ।

प्रकाशित मिति: २०२२-०९-०६ , समय : १६:२६:५० , ३ वर्ष अगाडि