करेन्ट लागेर एकको मृत्यु

ईनेपालपत्र , ४३०  पटक हेरिएको

खोटाङ, २० भाद्र । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ५ बजे नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दित्तेल रुपाकोट मझुवगढी-४ का ४० बर्षीय नबिन्द्र राईलाई तीनधारे स्थितमा बिधुतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२२-०९-०५ , समय : १०:५१:५१ , ३ वर्ष अगाडि