मोरङ ३ मा रोमान्चक भिडन्त , कांग्रेस बाट सुनिल शर्मा राप्रपा बाट रेखा थापा

ईनेपालपत्र , ११७  पटक हेरिएको

बिराटनगर , १४ भदौ । चुनाबी चहलपहल बढिरहेको बेला मोरङ ३ मा चुनाबी चहलपहल बढेको छ । कांग्रेस बाट सुनिल शर्माको नाम चर्चामा आईरहदा नेपालकी चर्चित नायिका एवम राप्रपा पार्टीकी नेत्री रेखा थापा मोरङ ३मा राप्रपा बाट निर्वाचनमा उठ्ने भएकी छिन् ।

निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सम्भावित उम्मेदवारको चर्चा हुन थालेको हो जसमा मोरङ क्षेत्र नम्बर ३ मा नेत्री थापाले संसदीय निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना बढेको छ ।

राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी रेखा थापा आफ्नो गृह जिल्ला मोरङबाट उम्मेदवार हुने चर्चा सुरु भएसँगै मोरङ क्षेत्र नम्बर ३ लाई यो पटक रोचक ढङ्गले हेरिएको छ ।

थापाको गृह जिल्ला समेत रहेको मोरङबाट उनि निर्वाचनमा उठ्ने चर्चा सगै आज उनि कानेपोखरी गाउँपालिका स्थित पार्टीको एक कार्यक्रममा सहभागी हुन आउने भएकी छन् ।

प्रकाशित मिति: २०२२-०८-३० , समय : १०:०२:२६ , ३ महिना अगाडि