मेयर हेमकर्ण एक्सनमा : सडक क्षेत्रमा पार्किङ गर्ने निषेध

ईनेपालपत्र , ४९७  पटक हेरिएको

इटहरी , १४ भदौ । इटहरी उपमहानगरपालिका आसपास बजार क्षेत्रको  जथाभावी पार्किङ हटाइने भएको छ । सडक आसपासको ३ सय मिटर क्षेत्र खालि गर्ने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले  निर्देशन दिएका छन ।

सडकको मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ मा नगरले व्यवस्था गरेको छ । तर इटहरी क्षेत्रमा सडक सिमा मिचेर जथाभावी गरिरहेको भन्दै यस्ता पार्किङलाई तत्काल हटाउन मेयर पौडेलले निर्देशन दिएका हुन । भोलि देखि नै सडक आसपासको ३ सय मिटर क्षेत्रमा ट्राफिक प्रहरी र नगर प्रहरीले पार्किङ गर्ने दिने छैनन ।

निजी सपिङ कम्प्लेक्सहरूले आफ्नो पार्किङ स्थल निर्माण गर्नुपर्छ । शहरको मुख्य चोक र कालोपत्रे क्षेत्रमै यसरी पार्किङ गरिँदा इटहरी क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त बन्दै गएको भन्दै सडक आसपासको ३ सय मिटरमा पार्किङ हटाउन निर्देशन दिएको छु मेयर पौडेलले भने ।

नियामक निकाय र स्थानीय सरकारले ट्राफिक व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न पनि सुरु गरेको जनाएको छ । इटहरीमा साना भाडाका सवारीहरूको पार्किङ स्थल इटहरी पश्चिम लाइनको मुख्य चोक हुन पुगको छ । कालो नम्बर प्लेटका भाडामा सञ्चालन हुने सवारी साधन रातो नम्बर प्लेटका निजी सवारी भाडामा लाउन पार्किङ ंस्थलमा पार्क गर्दै आएका कारण समस्या हुँदै आएको छ ।

बढ्दो शहरी चाप उपमहानगरपालिकालाई टाउको दुखाइ बन्दै गएको र इटहरी कुरुप बन्न थालेपछि ट्राफिक व्यवस्थापन गर्न लागेको इटहरीका मेयर पौडेलले बताएका छन । आफ्नो घर अगाडी दोकान अगाडी पार्किङ गर्न पाइन्छ भन्दै जिद्दी नगर्ने पनि मेयर पौडेलले आग्रह गरेका छन ।

पछिल्लो समय पूर्वकै कारोबारलाई लक्षित गर्दै खुलेका व्यापारिक कम्प्लेक्स तथा बैङ्किङ क्षेत्रहरू एकपछि अर्को गर्दै खुल्ने क्रम तीव्र छ, सोही अनुरुप मानिसहरूको चाप पनि बढ्दो छ तर पार्किङ अबस्थाले इटहरी कुरुप बन्दै गएको छ । केहि ब्यापारी बाहेक प्राय सबैले पार्किङ स्थल बनाएका छैनन ।

आज भएको छलफलमा सडक आसपास खालि गराउन इलाका प्रहरी कार्यालय इटहरी, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय, शशस्त्र प्रहरी कार्यालयका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: २०२२-०८-३० , समय : ०७:१३:१७ , ३ वर्ष अगाडि