‘मोडल हन्ट नेपाल २०२२’ का लागि विराटनगरकी साइच्छा थापा प्रतिस्पर्धामा

हाम्रो समाचारदाता , ५२२  पटक हेरिएको

काठमान्डौं,२१ साउन । ‘मोडल हन्ट नेपाल २०२२’ का लागि विराटनगरकी चेली साइच्छा थापा प्रतिस्पर्धामा छिन् । उनलाई जिताउन सवैको साथ सहयोग चाहिने भन्दै उनका सुभेच्छुकहरु लागिपरेका छन् । देशको ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिए पनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनौट भएर प्रतिस्पर्धामा उत्रेका छन् । छनौट भएका सबै प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

यही साउन २८ गते अन्तिम प्रतिस्पर्धा हुदै छ । प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित सेप्टेम्बर १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने ‘सुपर मोडल इन्टरनेसनलमा’ तथा महिला विजेता र पुरुषले ‘मिष्टर टुरिजम वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
विराटनगरकी चेली थापालाई जिताउनका लागि खल्तिसेवाको प्रयोग गरी भोटिङ्ग गर्न सकिनेछ । उनको महिला तर्फको २७ नंम्बर रहेको छ । विराटनगर बाट आफुले भाग लिएको र सहयोग गर्न सुुभेच्छुकहरुमा आग्रह गरेकी छन् ।

प्रकाशित मिति: २०२२-०८-०६ , समय : १४:५३:५६ , २ वर्ष अगाडि