बराहक्षेत्रमा १० लाखको सुन चोरी गर्ने पक्राउ

प्रशान्त निराैला , ४०८  पटक हेरिएको

सुनसरी, २१ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरामा रहेको औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली छन् ।

गए राती १ तला पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी गरेका हुन ।
हिजो दिउँसो साढे २ बजे चोरीमा सम्लग्न बराईलीलाई प्रहरीले पक्राउ गरेको हो ।

बराईलीको घर भित्र खानतलासी लिदाँ दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरु ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोला अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो ।

चोरीएका गरगहनाहरु बरामद भए संगै बराईलीलाई प्रहरीले पक्राउ गरि थप अनुसंधान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-०६ , समय : १३:४८:४६ , ३ वर्ष अगाडि