बराह पीडित संघर्ष समितिका प्रवक्ता बास्तोला पक्राउ

हाम्रो समाचारदाता , ७४५  पटक हेरिएको

धरान , १८ साउन । बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलालाई प्रहरीले पक्राउ गरेकोे छ।संयोजक खगेन्द्र नेपाली भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रवक्ता बास्तोलालाई बुधबार(आज) ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बास्तोलाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति लिएर बास्तोलालाई पक्राउ गरेको हो ।

आइतबार नगरपालिका प्रवेश गरी संघर्ष समितिको अगुवाईमा मेयर साम्पाङ विरुद्ध नाराबाजी, गालीगलौजसँगै उनको कार्यकक्षको शिशा तोडफोड भएको थियो । त्यसविरुद्ध मेयर साम्पाङले प्रहरीमा जाहेरीमा दिएका थिए ।

प्रकाशित मिति: २०२२-०८-०३ , समय : २०:४५:३२ , २ वर्ष अगाडि