विवेक मिश्र , ४४२ पटक हेरिएको
बेलबारी , १२ साउन । मोरङ बेलबारीका उद्यमी महिलाहरू लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् ।
लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरू विभिन्न संस्थाहरूमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् ।
एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दलदलमा फस्दै गएका छन् । ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरूको आरोप छ । सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरूबाट नै आम नागरिक अहिले दुःख पाइरहेकी लघुवित्तमा आवद्ध महिलाहरूको गुनासो छ ।
उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो ब्याज तिर्न बाध्य बनाएको बेलबारी ११ की कुमारी विश्वकर्मा बताउँछिन् । सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने व्याज गरेको उनको भनाइ छ पहिला लघुवित्तहरूले सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागेबा आकस्मिक समस्या आइपरे पनि समस्या नबुझिदिने गुनासो लघुवित्तमा आवद्ध महिलाहरू बताउँछन्
बिरामी हुँदासमेत समस्या नबुझ्ने गरेको, घरमा भएको सामान वेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरू केही विकल्प छैन भन्दै दैनिक फोनमा र कहिलेकाही त घरमै आएर धम्काउनेसमेत गरेको बेलबारी ११ लक्ष्मीमार्गकी पार्वती राई (नाम परिवर्तन) बताउँछिन् । विभिन्न लघुवित्तको दबाव सताउने गरेको महिलाहरूले दुःखेसो पोखेका छन्। उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तहरूले दिनदिनै दबाव दिदा समस्या उत्पन्न भएको बताइन् ।
बेलबारी नगरपालिका क्षेत्रमा मात्रै पनि दर्जनभन्दा लिने बढी लघुवित्तका शाखाहरू रहेका छन् । जसमा एकै महिला ती सबै लघुवित्तको समूहमा आबद छन् विना धितो समूह बनेक भरमा सहज तरिकाले ऋण पाउने भएपछि ग्रामीण महिलाहरूको लघुवित्तप्रति आकर्षण बढेको हो महंगो ब्याजदरमा लिइने उक्त ऋण भरपदो आम्दानीको स्रोत नभएपछि र धेरै समूहमा भएको कारण नियमित किस्ता तिर्न समस्या भइरहेको हुनसक्ने बेलवारी-११ का वडाध्यक्ष विक्रम राईले बताए। नियामक निकायको उचित समन्वय र अनुगमनको गाउँका महिलाहरू दिघुसिको गजका दिन हिलादिन मासिंदै गइरहेका छन्
प्रकाशित मिति: २०२२-०७-२८ , समय : ०७:३९:३४ , ३ वर्ष अगाडि