खोला दोहन रोक्न कडाई गरिन्छ : मन्त्री थापा

enepalpatra , १९०  पटक हेरिएको

बेलबारी १४ असार । खोला दोहन रोक्न कडाइ गर्ने प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले बताएका छन् । सोमबार भएको बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समितिको एक वृक्षारोपण कार्यक्रममा मन्त्री थापाले वृक्षारोपणसँगै कार्यक्रमलाई सम्बोधन गर्दै खोला दोहन हुन नदिने बताएका हुन ।

मन्त्री थापा भने, ‘चिसाङ खोलामा दोहन हुन्छ तर संरक्षण हुँदैन ।’ थापाले भने अनुसार गत वर्ष बाढीको कारण चिसाङ पुलनै जोखिममा परेको थियो । जस कारण पूर्व पश्चिम लोकमार्ग नै अवरोध भएको थियो । सयौँ सालका रुखहरू बगाएको थियो भने, चिसाङ छेउका बस्ती उच्च जोखिममा थियो । चिसाङ पुलको पश्चिम उत्तर तर्फ प्रदेश सरकारको सहयोगमा भएको तटबन्धले भने अहिले केही राहत मिलेको छ ।

ठेक्का लाग्ने र रातारात मापदण्ड विपरीत उत्खनन गर्ने तर संरक्षणमा ध्यान नदिने भएकोले क्षतिको सम्भावना उच्च बढेर गएको मन्त्री थापाले बताए । थापाले भने, ‘बेलबारी नगरपालिकाले गरेको निर्णय ठिक छ । संरक्षणको निम्ति खोला उत्खननमा स्काभेटर प्रयोग गर्न उचित छैन ।’

 

प्रकाशित मिति: २०२२-०६-२८ , समय : २०:३४:२२ , २ वर्ष अगाडि