enepalpatra , ६०६ पटक हेरिएको

बेलबारी ३० जेठ । बेलबारी नगरपालिकाकि उपप्रमुखलाई कालो स्कार्पियो चढ्ने मोह शिर्षकमा भ्रामक समचार प्रकाशन गरेको भन्दै उपप्रमुख नितु थापा कोइरालाले आपत्ती जनाउनुभएको छ । आज एक बिज्ञप्ति जारी गर्दै।”बेलबारी नगरपालिकाको कार्यपालिका बैठकमा बेलबारी नगरपालिकाले् आबश्यक ईन्धन खरिद गर्ने बिषयमा छलफल शुरु नहुँदै मेरो नाम जोडेर,८० देखि ९० लाखको कालो रंगको स्कारपियो मैले माग गरेको,गाडी किन्न दबाब दिएको,मेयरले नमानेको,पार्टीले बिरोध गरेको लगायत बनावटी र भ्रामक कुराहरु राखि मेरो चरित्रहत्या गर्न खोजिएको बिषयलाई मैले गम्भिरतापुर्बक लिएको छु । यो बिषयमा समाचार लेख्ने र लेख्न प्रेरित गर्ने गलत मानसिकता र कुण्ठा बोकेर बसेका ब्यत्तिहरुले सप्रमाण समाचारको पुष्टि नगरेमा कानुनी उपचार खोज्ने जानकारी गराउँछु ।
हुँदै नभएको बिषयलाई अतिरञ्जित गरेर समाचार लेख्ने र बार्गेनिङ्ग गर्ने,पत्रकारको खोल ओढेका ति ब्यत्तिले सोही समाचारको पुष्टि गर्न म चुनौति समेत दिन्छु । यस्ता बिना आधारका गलत समाचार लेखेर चरित्रहत्या गर्ने ब्यत्तिहरुलाई कानुनी दायरामा ल्याउन र कारबाही गर्न म नेपाल पत्रकार महासंघ,बिभिन्न पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष जोडदार माग गर्दछु । ” बिज्ञप्तिमा भनिएको छ ।
बेलबारी नगरपालिकाकि उपप्रमुखलाई कालो स्कार्पियो चढ्ने मोह शिर्षकमा भ्रामक समचार प्रकाशन गरेको भन्दै उपप्रमुख नितु थापा कोइरालाले आपत्ती जनाउनुभएको छ ।
आज एक बिज्ञप्ति जारी गर्दै।”बेलबारी नगरपालिकाको कार्यपालिका बैठकमा बेलबारी नगरपालिकाले् आबश्यक ईन्धन खरिद गर्ने बिषयमा छलफल शुरु नहुँदै मेरो नाम जोडेर,८० देखि ९० लाखको कालो रंगको स्कारपियो मैले माग गरेको,गाडी किन्न दबाब दिएको,मेयरले नमानेको,पार्टीले बिरोध गरेको लगायत बनावटी र भ्रामक कुराहरु राखि मेरो चरित्रहत्या गर्न खोजिएको बिषयलाई मैले गम्भिरतापुर्बक लिएको छु । यो बिषयमा समाचार लेख्ने र लेख्न प्रेरित गर्ने गलत मानसिकता र कुण्ठा बोकेर बसेका ब्यत्तिहरुले सप्रमाण समाचारको पुष्टि नगरेमा कानुनी उपचार खोज्ने जानकारी गराउँछु ।
हुँदै नभएको बिषयलाई अतिरञ्जित गरेर समाचार लेख्ने र बार्गेनिङ्ग गर्ने,पत्रकारको खोल ओढेका ति ब्यत्तिले सोही समाचारको पुष्टि गर्न म चुनौति समेत दिन्छु । यस्ता बिना आधारका गलत समाचार लेखेर चरित्रहत्या गर्ने ब्यत्तिहरुलाई कानुनी दायरामा ल्याउन र कारबाही गर्न म नेपाल पत्रकार महासंघ,बिभिन्न पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष जोडदार माग गर्दछु । ” बिज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: २०२२-०६-१३ , समय : २१:५१:२४ , ३ वर्ष अगाडि