‘पिताजी’ कृष्णप्रसाद कोइरालाको सालिक अनावरण

enepalpatra , ८६६  पटक हेरिएको

सालिक अनावरण गर्दै पुर्ब रास्ट्रपति यादब

विराटनगर २८ जेठ ।  विराटनगरको वरगाछी चौकमा ‘पिताजी’ कृष्णप्रसाद कोइरालाको सालिक अनावरण गरिएको छ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शनिवार कोइरालाको अर्धकदको सालिक अनावरण गरेका हुन् ।

विराटनगर महानगरपालिका र वरगाछीको गुराँस पुस्तकालयको संयुक्त आयोजनामा सालिकको निर्माण गरिएको हो । पुस्तकालयका पूर्व अध्यक्ष दीपक चापागाईंका अनुसार हाल काठमाडौं बस्ने मोरङकै कलाकार धनयात्राले सालिकको निर्माण गरेका हुन् । ८ लाख रुपैयाँको लागतमा शालिक निर्माण भएको हो। सालिक अनावरण कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला र विराटनगर महानगरका प्रमुख नागेश कोइराला पनि सहभागी थिए।

प्रकाशित मिति: २०२२-०६-११ , समय : १९:४८:२२ , ३ वर्ष अगाडि