Enepal Patra Pvt. Ltd. , ४६९ पटक हेरिएको

लेटाङ, १६ बैशाख । लेटाङ नगरपालिका वडा नं १ र ७ लाई जोड्ने सडकको लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र प्राविधिक टोलीले अनुगमन गरेको छ । लेटाङ नगरपालिकाकाले २ वटा वडा जोड्नका लागि यस वर्ष योजना अगाडी सारेका थियो ।
अनुगमनका क्रममा नगरप्रमुख राईले पहाडका जनतालाई समेत सुगम स्थल बनाउने आफ्नो योजना रहेको बताउनुभयो । मलिवासे सिमाना सडक बनेपछि स्थानियवासीलाई आवातजावतमा धेरै नै सजिलो भएकाले अन्य विकासका पुर्वाधार बनाउने आफ्नो योेजनामा साथ दिनका लागि स्थानियलाई आग्रह गर्नुभयो । ४ मिटर चौडा तथा ५ किलोमिटर लम्वाईको यो सडकको वारंगी र भोगटेनीलाई जोड्ने र २ वडाका मानिसहरुले संगै मिलेर काम गर्न सक्ने वताउनुभयो । उहाँले अव पर्यटनका लागि समेत काम अगाडी वढाउनुपर्नेमा जोड दिनुभयो ।
वडा नं. १ र ७ का स्थानियलाई आवात जावत गर्न सहज भएको स्थानिय भुपाल वजीले वताए । स्थानिय चिसाङ खोलामा बर्षातको समय आवत जावत गर्न झोलुंगे पुल निर्माण भएपनि सवारी साधनका लागि पक्की पुलको आवश्यकता रहेको वजीको भनाई छ ।
५ किलोमिटर सडक नयाँ ट्रयाक सहित खुलेपछि स्थानियलाई स्वास्थ्य संस्था , विद्यालय लगायतका सेवा सुविधा लिन समेत सहज भएको स्थानिय जसमान लिम्बुले बताए । सवारी साधन आवतजावत हुन थालेछि स्थानियकको दैनिकी समेत परिवर्तन भएको लिम्बुको भनाई छ ।
प्रकाशित मिति: २०२१-०४-२९ , समय : १६:२४:३२ , ४ वर्ष अगाडि