प्रशान्त निराैला , ५१९ पटक हेरिएको

लेटाङ, २१ फागुन । पुरक बजेर पारित गर्दै लेटाङ नगरपालिकाको ८ औ नगरसभा सम्पन्न भएको छ । लेटाङ नगरको आधार कृषी , पर्यटन सहितको पुर्वाधार भन्ने मुल नारालाई कार्यन्वयन गर्दै सुखि लेटाङ वासी समृद्ध लेटाङ बनाउने अभियानमा यो वर्षको बजेटले टेवा दिने विश्वासका साथ प्रस्तुत गरिएको बजेटलाई नगरउपप्रमुख कृष्णकुमारी निरौलाले सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।
सातौ नगरसभाले रु ६५ करोड १८ लाख ४ हजार २ सय ७८ रुपैयाको बजेट तथा कार्यक्रम स्वीकृत गरेकोमा नगरपालिकामा संकलन भएको आन्तरिक आय ८ करोड ४२ लाख १० हजार थप गरि पूरक बजेट मार्फत यो आर्थिक बर्षका लागि कुल ७३ करोड १४ लाख ६० हजार २ सय ७८ रुपैयाको बजेट प्रस्तुत गरि कायम गरिएको छ ।
नगरपालिकाले सहकारी ऐन २०७६ लाई संसोधन गर्न बनेको विधयेक २०७७ लाई समेत पारित गरेको छ ।
विकासले फड्को मार्र्दै लेटाङ – सांसद घनश्याम खतिवडा
कार्यक्रमका प्रमुख अतिथी घनश्याम खतिवडाले बिकास निर्माण जनताका सुबिधाका लागि गरिने भएकाले सरकार यस प्रती सचेत रहेको बताउनुभयो । आफ्नो क्षेत्रमा विकासका कामहरु धमाधम भईरहेको भन्दै मदन भन्डारी लोकमार्गका लागि ठेक्कापट्टा सुरु भएको, सो सडकमा आफ्नो क्षेत्रमा १६ वटा पुलहरुको ठेक्का लागेर निर्माणाधिन रहेको ,लेटाङमा ३ वटा पुलहरु परेको बताउनुभयो । कालेबुदुली सडकलाई बनाउन एडिबिको सहकार्यमा काम सुरु भएको ,फडानी लेटाङ साग्मा लाई क्रमागत रुपमा बनाईने बताउनुभयो । लेटाङ खोलानालामा बाताबरणिय प्रभाव जाँच गरेर सोही अनुसार उत्खनन् गर्नुपर्नेमा जोड दिनुभयो । राष्टिय राजनीतिको प्रसंग जोड्दै खतिवडाले स्थिर सरकार बनाउने प्रधानमन्त्री केपि शर्मा ओलि सरकारको चहाना भएको तर बर्तमान समयमा जटिल राजनिक परिस्थितीमा गुज्रीएको वताउनुभयो ।
देखिने गरि विकास गर्न आवश्यक – संबिधान सभा सदस्य तथा पूर्व सांसद डिगबहादुर लिम्बू
जनप्रतिनीधीहरुको कार्यकाल सम्पन्न हुनै लाग्दा आपसी सहकार्यबाट योजना तर्जुमा गरि अगाढी बढाउन आवश्यक रहेको बताउनुभएको छ । चिसाङ खोलालाई दिर्घकालिन समाधानका लागि ड्याम कसेर लान आवश्यक रहेको वताउनुभयो । नदिजन्य पदार्थलाई राज्यले बेलैमा गम्भिरतापुर्वक लिन आवश्यक रहेको उहाँको भनाई थियो । खोलालाई तोकिएको मापदण्ड भन्दा एक ईन्च पनि माथी खन्न दिन नहुने लिम्बुको भनाई थियो । लेटाङमा टुक्रे बन लाई ब्यबस्थापन गर्न अति आवश्यक भएकाले यस प्रति स्थानिय सरकारले चाडै निकास दिन आग्रह गनूभयो । शिक्षामा लगानी गर्न कन्जुस गर्न नहुने भन्दै लेटाङ क्याम्पसलाई स्नातकोत्तर सम्मको पढाई हुने वातावरण बनाउन सरकार संग माग गर्नुभयो । लेटाङ क्याम्पसको अवस्था दयनिय भएको अवस्थामा यस प्रति सवै गम्भीर हुन आवश्यक रहेको उहाँको भनाई थियो । लेटाङ नगरपालिकाले विकासमा फड्को मारेको तथापी विकासको आवश्यकता अझै रहेकाले मिलेर विकासमा जुट्न पर्नेमा जोड दिनुभयो । राजरानी पर्यटन, केवलकार , होमस्टे , प्राकृतिक सुन्दरता लेटाङका सम्पती भएकाले यसलाई उच्च विकास गरेका आर्थिक उन्नती गर्न सकिने बताउनुभयो ।
विकास आफ्नो पहिलो प्राथमिकता – नगरप्रमुख शंकर राई
कार्यक्रमलाई सम्बोधान गर्दै लेटाङनगरपालिकाका प्रमुख शंकर राईले यो वर्षका कार्यक्रम तथा बजेटमा धेरै योजनाहरु अघि सारिएको र तिनर्लाइ पूरा गर्नका लागि आफु धेरै नै मन्त्रालय धाएर बजेट माग गरिएको बताउनुभयो । लेटाङका ७ वटा वडाहरुमा सहज सडक यातयातका लागि कालोपत्रे गरिएको बताउनदै मेयर राईले वडा नं. १ र ७ पुरै पहाडी भुभाग रहेकाले त्यहा रास्ट्रीय योजना नै पर्न आवश्यक रहेको वताउनुभयो । मन्त्रालय नेपाल सरकार , प्रदेश सरकार तथा विभिन्न दातृ निकायहरु संगको साझेदारीमा विभिन्न ठुला योजनाहरु लेटाङमा सुरु भईरहेकाले केही बर्षमा लेटाङमा ठुलो विकासहरु देखिने बताउनुभयो । सडक नभएका ठाँउहरुमा नयाँ ट्रयाकहरु खोल्ने काम धमाधम भएको बताउनुभयो । बातबरणिय परिक्षण गरेर राजारानी पर्यटन क्षेत्रलाई पाईलट प्रोजेक्टका रुपमा बृहत् योजना बनाएर काम अगाडी बढाईएको उहाँले बताउनुभयो ।यो बर्ष देखि गरिव संग मेयर कार्यक्रम अन्तरर्गत १२ बर्ष भन्दा माथी समय देखि श्रीमान बेपत्ता भएका महिलाहरुको जीवन स्तर उकास्नका लागि कार्यक्रम ल्याएको बताउनुभयो । कोरोनाले धेरै काम लाई बाधा पुर्याएको भएपनी यसका बाबजुत धेरै बिकासका काम गरिरहेको उहाँको भनाई छ । लेटाङमा
संविधानको मर्म अनुसा जनताको काम हुँदै – प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल
लोकतन्त्रलाई जराधार गर्ने काम गर्छ । स्थानिय श्रोत साधनलाई अधिकतम प्रयोग गर्छ । संबिधानले दिएको अधिकार प्रयोग गरि जनताका आकांक्षाहरु पुर्ण गर्दैछ । नगरिकको काम छिटो छरितो गर्न बडापत्र राखिएको , सुचना प्रवाह गर्न वेबसाईट , सामाजिक संजालको अधिकतम प्रयोग गरिएको । भौतिक बिकासलाई निरन्तर दिईएको छ । उपभोक्ता बाट सन्चालन हुने योजनाहरु योजना खाता मार्फत सुरु गरिएको छ ।
प्रकाशित मिति: २०२१-०३-०५ , समय : १८:२२:२० , ४ वर्ष अगाडि