जनप्रतिनिधि लाई तालिम

Enepal Patra Pvt. Ltd. , ४७८  पटक हेरिएको

लेटाङ, ३ फागुन । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास प्रारम्भिक तालिम सम्पन्न भएको छ । निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु गरिएको थियो ।

स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो । दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा १ नंबर प्रदेशभरका पाँच जिल्लामा तालिम आयोजना गरेको संयोजक निलम ढुंगेलले जानकारी दिनुभयो । प्रदेश १ का झापा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुंगामा यो तालिम सञ्चालन भईरहेको ढुंगेलले जानकारी दिनुभयो ।

संस्थाले मोरङको लेटाङमा शनिबार देखि चार दिनको तालिम सुरु गरेको थियो । लेटाङ नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधि तालिममा सहभागी रहेको संयोजक ढुंगेलले बताउनुभयो । तालिमको समापन नगर प्रमुख शंकर राईले गर्नु भएको थियो । नगरप्रमुख शंकर राईले क्षमता बिकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि , अध्ययनले मात्र सफल नेतृत्व संभव हुने बताउनुभयो । असल गुणहरुको बिकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्न आवश्यक रहेको बताउनुभयो ।

उपप्रमुख कृष्णकुमारी निरौलाले तालिमले क्षमता वृद्धिका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । कार्यकारी भुमिकामा महिलाको पहुँच कम भएकोले यस्ता क्षमता बिकासले महत्व राख्ने बताउनुभयो । तालिम प्रभाबकारी रहेकाले यसको नजिजा चाडै देखिने बिश्वास ब्यक्त गर्नुभयो ।

प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहालले क्षमताको बिकास गरेर मात्र समाज परिवर्तनमा भुमिका निभाउन सकिने बताउनुभयो ।

तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिब उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेलले सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२१-०२-१६ , समय : १८:०९:२० , ३ वर्ष अगाडि