तेश्रो दिनको खेलमा सनराईज बिजयी

Enepal Patra Pvt. Ltd. , ६१३  पटक हेरिएको

लेटाङ, २६ माघ । लेटाङमा जारी खुल्ला नकाआउट फूटबल प्रतियोगिताको तेस्रो दिनको आजको खेलमा सनराईज युथ क्लब बिजय भएको छ । शान्ती नगर फूटबल क्लबलाई २ -० गोल अन्तरले कमलपुरले जित निकालेको हो ।

खेलको पहिलो हाफको ९ मिनेटमा सनराईजका अन्जन लिम्बुले पहिलो गोल गरेर खेललाई १-० को अग्रता दिलाए । सनराईजकै बर्तमान राईले खेलको ३१ औ मिनेटमा अर्को गोल गर्दै सनराईजलाई २-० को अग्रता दिलाए ।

खेलको म्यान अफ द म्याच सनराईजका बर्तमान राई भए । भोलिको खेल आयोजक सिदार्थ युवा क्लब र बेलबारी फूटबल क्लब बिच हुने फिफा रेफ्री माधब लिम्बुले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०२-०८ , समय : १७:४९:२० , ३ वर्ष अगाडि