गैसस महासंघ मोरङमा ढकाल

Enepal Patra Pvt. Ltd. , १३७६  पटक हेरिएको

विराटनगर, १३ माघ । गैर सरकारी संस्था महासंघ नेपाल मोरङको नवौं अधिवेशनले राजेन्द्र ढकाल अध्यक्ष रहेको १५ सदस्यीय समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा विष्णु शर्मा आचार्य, सचिव सरिता खनाल, सहसचिव नवराज निरौला, कोषाध्यक्ष सरिता दाहाल छन् ।

यसैगरी सदस्यहरूमा बाग्मता कट्टेल, मानबहादुर राई, लुना भुजेल, बालकृष्ण पाण्डे, प्रशान्त निरौला, नारायण कार्की, प्रतिक्षा बस्नेत, उषा झा, राजु श्रेष्ठ, र नविन लिम्बू चयन भएका छन् ।

अधिवेशनको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी प्रमुख यज्ञ शर्मा, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव खड्का, गैसस महासंघका केन्द्रीय सचिव उमेश विश्वकर्मा, केन्द्रीय सदस्य भुवनेश्वर मण्डल विराट राजवंशी, शिशु सेवा समिति विराटनगरका अध्यक्ष बसुश्री पाण्डे, गैसस मोरङकी अध्यक्ष प्रभा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा सामाजिक कार्यमा उत्कृष्ट सेवा पुर्याएवापत बसुश्री पाण्डे र भुवनेश्वर मण्डल विराट राजवंशी सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२१-०१-२६ , समय : १७:०७:३३ , ५ वर्ष अगाडि