Enepal Patra Pvt. Ltd. , २८९ पटक हेरिएको
मोरङ, २ भदाै । मोरङको विराटनगर स्थित कोशी अस्पतालको आईसोलेशनमा उपचार गराइरहेका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।
मोरङको कटहरी वडा नं. १ का ४७ वर्षीय उनलाई आइतवार कोशी अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनको हिजो अपरान्ह मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा। लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो ।
उनमा ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या देखिएपछि कोरोना विशेष उपचार केन्द्रमा लैजाने तैयारी गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु संगै कोरोनाबाट मृत्यु हुनेको संख्या मोरङमा ११ पुगेको छ ।
प्रकाशित मिति: २०२०-०८-१८ , समय : ०८:५७:३९ , ४ वर्ष अगाडि