ओली-प्रचण्डबीच कुरा मिलेन, भोलिको स्थायी समिति बैठक नरोकिने

Enepal Patra Pvt. Ltd. , ५३०  पटक हेरिएको

काठमाडौं, १ साउन ।प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आज भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

दुई अध्यक्षको छलफलमा कुनै निष्कर्ष ननिस्किएको नेकपा महासचिव विष्णु पौडेलले बताए।उनले शुक्रबारको स्थायी समिति बैठक बस्नेसमेत बताए।सहमतिका लागि प्रयास जारी छ। आजको बैठक निचोडमा पुगेको छैन, उनले भने, ”भोलि स्थायी समिति बैठक बस्छ।”

गत असार १८ गतेदेखि स्थायी समिति बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै पटक पटक स्थगित भएको स्थायी समिति बैठक पछिल्लो पटक सात दिनका लागि स्थगित भएको थियो।

यसअघि एक्लाएक्लै भेट्दै आएका प्रचण्डले आज भने वरिष्ठ नेता माधव नेपाललाई पनि सहभागी गराएका थिए।

बालुवाटार जानुपहिला नेपालसहित ६ जना सचिवालय सदस्य प्रचण्ड निवास खुमालटारमा भेला भएका थिए।

प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि प्रधानमन्त्री ओलीले अहिले महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मासँग छलफल गरिरहेका छन्।

सेतोपाटी बाट

प्रकाशित मिति: २०२०-०७-१६ , समय : १५:१८:४१ , ४ वर्ष अगाडि